पूर्व प्रधानसेनापति कटवालले जिते कोरोना

काठमाडौं । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमित भई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका कटवाल बुधबार कोरोना मुक्त भएर घर फर्किएका हुन् ।

कटवालले फेसबुकमा भिडियो राख्दै आफू पूर्ण स्वस्थ भएर घर फर्किएको जानकारी दिएका छन् । अब आफ्नो नियमित दैनिकी सुरु भएको कटवालले भनेका छन् । उनले उपचारमा खटिएका डाक्टर तथा नर्ससहित सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री