डोटीमा राष्ट्रिय वाणिज्य बैंकको सबै सेवा बन्द

डोटी। राष्ट्रिय वाणिज्य बैङ्क डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।बैङ्कको डोटी शाखाले एक सूचना प्रकाशित गर्दे शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो ।

बैङ्कमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको ल्याबमा पठाइएकाले उक्त नतिजा नआउन्जेलसम्मका लागि बैङ्किङ सेवा बन्द  हुने बैंकले जनाएको छ।पछिल्लो समय ज्येष्ठ नागरिक, एकल तथा अपाङ्गता भएकाहरू भत्ता लिनका लागि बैङ्कमा आउन थालेका कारण बैङ्कको सेवा बन्द भएपछि सबैभन्दा बढी उनीहरू मारमा परेको बताइएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस