कर्मचारी सञ्चय कोषको शाखा जनकपुरमा

काठमाडौं । कर्मचारी सञ्चय कोषले जनकपुरको पेठीया बजारस्थित आफ्नो शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन कोषका प्रशासक तुलसीप्रसाद गौतमले गरेका हुन् ।जनकपुर शाखा कार्यालयले सिरहा, सप्तरी धनुषा, महोत्तरी, उदयपुर, सर्लाही, सिन्धुली, ओखलढुँगा तथा उपयुक्तता र सहजताको आधारमा आसपासका अन्य जिल्लाहरुका सञ्चयकर्ताहरुलाई समेत सेवा प्रवाह गर्ने छ ।

 

 

 

 

 

 

 

 

उक्त शाखा कार्यालयबाट त्यस भेगका लगभग एक लाख सञ्चयकर्ता लाभान्वित हुन सक्ने कोषको अनुमान छ ।कोषले घर सापटी, शैक्षिक सापटी र सरलचक्र कर्जा जस्ता ऋण सुविधा र सामाजिक सुरक्षण अन्तर्गत दुर्घटना क्षतिपूर्ति, सुत्केरी स्याहार, काजक्रिया अनुदान र औषधि उपचार जस्ता सुविधा सञ्चयकर्तालाई प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री