अन्र्तराष्ट्रिय वातावरण दिवस २०७५ को शुभ अवसरमा जि.एच.पी.मा. बि.द्वारा “प्लाष्टिक हटाऔं – पर्यावरण जोगाऔं ” मुल नारा सहित बीरगंजमा

बीरगज । अन्र्तराष्ट्रिय वातावरण दिवस २०७५ को शुभ अवसरमा जि.एच.पी.माध्यमिक बिधालय श्रीपुरका बिधार्थीहरुले आज सा“झ ६ बजे मुल नारा “प्लाष्टिक हटाऔं – पर्यावरण जोगाऔं ” सहित बीरगंजको घण्टाघरबाट निकालेको जनचेतना तथा सरसफाई ¥याली बीरगंजको नगर परिक्रमा गरी पुन आर्दश नगर चौकमा पुगी कोण सभामा परिणत भएको थियो ।

उक्त जनचेतना तथा सरसफाई ¥याली कार्यक्रमको प्रमुख अतिथी मिस अर्थ नेपालकी रेजिना श्रेष्ठले आज बीरगंजको घण्टाघरमा सरसफाई गरी कार्यक्रमको समुदघाटन गर्नु भयो ।

भने सो जनचेतना तथा सरसफाई ¥याली कार्यक्रमको कोण सभामा बिधालयका प्रिन्सिपल रमीन्द्र कौर, जैक सिहं, बीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आर्दश नगरका प्रकाश खेतान, समाजिक अभियन्ता प्रकाश थारु लगायतका महानुभावहरुले आ आफ्नो बिचार ब्यक्त गर्नु भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप