देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो बस्दैछ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन बोलाएपछि त्यसबारे धारणा बनाउन बैठक आह्वान गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । उनका अनुसार बैठकमा वर्तमान पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु सहभागी हुनेछन् ।

बैठकमा अबको राजनीतिक रणनीति र विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षा हुने उनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री