आफै चढेको टिप्परले किच्दा तामाङको गयो ज्यान, चालक भागे

काठमाडाैँ । धादिङ धादिङको गल्छी गाउँपालिका–५ तीरतीर खोलामा टिप्परले किच्दा एक जनाको ज्यान गएको छ ।

हिजो (शनिबार) बेलुका सवा आठ बजेतिर बालुवा बोकेको बा ४ ख २१ १८ नम्बरको टिप्परले किच्दा ४५ वर्षका शुक्रबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टिप्परको पछाडिपट्टि बालुवामाथि बसेका तामाङ टिप्पर चलिरहँदा खसेका थिए । घटनापछि टिप्पर चालक भागेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री