छोरीको यादमा श्रमिक साइला दाई

  • डम्मर बम 

काठमाडौं । सुनशान काठमाडौंको बुद्धनगर, बन्दपसलको पेटीमा ‘साईला दाई’ कामबाट फर्कि खाना खाएर आराम गर्दै थिए । सिमेन्टको सेतो धुलो लागेको पुरानो हाइनेक, ट्राउजर र जुत्ता लगाएका थिए उनले । कहिले कविता वाचन त कहिले गीत गाउँदै आफ्ना दुःख पोख्दै थिए । गाउँदा गाउँदै हास्थे त कहिले रुन गर्थे । उनको कामपछिको समय त्यसरी नै बित्छ ।

श्रम गरेर खाने उनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे कुनै जानकारी नै थिएन । काममा व्यस्त उनलाई मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो, भन्ने पनि जारी जानकारी थिए । बस उनलाई आफ्नो कामसँग मतलब थियो, अहिले देश कोरोना महामारीसँग जुधिरहेको छ, सरकारले निषेधाज्ञा जारी गरेको छ । तरपनि उनलाई त्यसको कुनै प्रवाह छैन ।

रापेछाप दिनपोखरी गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना बताउने ४८ बर्षिय साईलादाई (मकर बहादुर मगर)सँग पीडाको सागर नै छ । यस्तो पीडा जीवनमा कसैलाई नहोस् । दैबले पनि यति धेरै परीक्षा कसेको नलियोस् । मुटुको बिरामीले १३ वर्षको छोरा, ब्लड क्यान्सले ३ वर्षको छोरो मृत्यु, तीन वर्षअघि १७ वर्षिया छोरीसहित श्रीमतीले छोडेपछि माइला दाईको दैनिकी रुनमै व्यथित् भएको छ । ज्यामी काम गरी जोडेको भक्तपु्को साढे तीन आना जमिन बेचेका उनले अझपनि ज्यामी, ट्वाईलेट सफागर्ने, सिमेन्ट बोक्ने गर्दछन । ३४ वर्षदेखि बबरमहलमा बसोबास गर्दै आएका उनलाई बबरमहल र बुद्धनगरमा सबैले साईला दाई भनेर चिन्दछन् ।

११ वर्षको उमेरमा गाउँलेसँग कामको खोजीमा काठमाडौं आएका उनले बौद्धमा गलंैचा बुन्ने काम गरे, जहाँ शुरु तलब तीन सय मिलेको थियो । केही समयपश्चात् सोही ठाउँमा गलैचामा बुट्टा भर्ने काम गरेका उनले बढी कमाइ भएको सुनाए । ‘राम्रो कमाइ हुन्छ, भन्ने थाहा पाएर ज्यामी काम शुरु गरे, त्यसमा दिनको ३०० कमाइ हुन थाल्यो,’ माईला दाईले भने, ‘अहिले त्यही ज्यामी कामबाट दिनको एक हजार ५ सयसम्म आम्दानी हुन्छ ।’ उनले ट्वाइलेट सफा गरेर ढल खोलेको तीन हजार र भारी बोकेर (एक वोरा सिमेन्टको) ५० रुपैया लिने गरेको बताए । २०५२÷०५३ साल तिरको कुरा हामी दाजु भाई दुबै ज्यामीको काम गर्दै जिविकोपार्जन गर्दै थियौ । एकजनाले हामी राम्रो आम्दानी विदेशमा काम गरेर हुने भन्दै हाम्रो एक हजार ५ सय रुपैया खाएको उनले बताए ।

जीवनमा १५ दिन मात्र स्कूल गएको अनुभव सुनाएका माईला दाईले आफुपछिका भाई र बहिनीलाई एसएलसीसम्म पढाएको बताए । रामेछापमा जमिन थियो, आमा बुवा त्यही खेतमा मकै कोदोको खेती गर्थे । ‘२२ वर्षको उमेरमा रामेछापबाट नै मागि विवाह भयो । विवाह पश्चात दाइ र म अलग बस्न थाल्यौ,’ माईला दाईले भने, ‘विवाहपछि श्रीमती पनि भाडा माझेर पैसा कमाउन थाली, दुबैको कमाइले राम्रै आम्दानी हुन थाल्यो । विवाह भएको केही समयमा घरवेटीकी छोरी श्रीमतीको राम्रो भयो । मेरो श्रीमतीको सुनको औंठी लिए ग्यारेन्टीवाला सुन दियो त्यहाँबाट हाम्रो घरबेटी सम्बन्ध बिग्रियो । त्यहाँबाट हामी हाम्रो सामान सून लिएर अन्तै स¥यौ ।’ त्यसपछि पनि रामै्रदिन बितिरहेको उनी सुनाउँछन् । ‘मैले ज्यामीको काम छोडेर जग्गा किन्ने बेच्ने (दलाल)को काम गर्न थाले । त्यसाट भएको आम्दानीले सानोठिमी भक्तपुरमा साढे तीन आना जमिन लियौ, ५० लाखमा । हाम्रो जेठो छोरो १० वर्ष भईसकेको थियो,’ उनले भने ।

उनी अगाडि भन्छन्, ‘अचानक उसलाई मुटुमा समस्या देखियो शिक्षण अस्पाताल महाराजगञ्जमा उपचार गरायौ । अपरेशनको लागि पैसा अपुग भयो, भक्तपुरमा किनेको साढे तीन आना जग्गा तीन बर्ष पछि ५ लाख घाटा खाएर बेचियो । न छोरो रह्यो न जमिन नै । दैब पनि कति निष्ठुरी । त्यसको केही वर्षपछि कान्छो छोरा तीन वर्षको उमेरमा ब्लड क्यान्सर पीडित भयो । उसकोपनि बालकान्ति अस्पतालमा मृत्यु भयो । आफ्ना दुःखका दिन शुरु भयो ।’ माईला दाई.भक्कानिए र भने, ‘२ वर्ष अगाडी १७ वर्षिया छोरी लिएर श्रीमती छोडेर हिडेको अहिले एक्लै उनकै यादमा बसेको छु । आर्थिक समस्या भयो, श्रमतीलाई गहना बेचेर ऋण मुक्त हुन सल्लाह के दिएको थिए उनले मानिन झन सबै सामान लिएर मलाइ छोडेर गयो ।’

पुनः गहभरी आँशु गरे साइला दाईले । ‘त्यही दिनदेखि रक्सीको साहारमा छु । कुन नदि पुलमा दिन विताए कहिले काँही यूएन पार्कमा बिताए बबरमहलमा बस्दै आएको छु । चिनेजानेकाले सहयोग गरेका सामान दिए, तारा बकिलको घरमा बस्दै आएको छु,’ उनले सुनाए, ‘बाटोमा छोरी मान्छे देख्दा आफ्नो छोरीको याद आउन्छ, सोच्छु मेरोपनि छोरी त्यही उमेर भएको होला, म कामबाट फर्किदा खाना, खाजा पकाएर दिन्थी होला, मेरो याद जति त्यही छोरीमै छ । उनीसँग बाँकी जीवन बिताउने चाहना छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री