नेपाललाई कोरोना खोप दिन रुस सकारात्मक

काठमाडाैँ । रुसले आफ्नो देशमा उत्पादित कोरोना विरुद्धको खोप स्पुतनिक भी नेपाललाई उपलब्ध गराउन सकारात्मक भएको बताएको छ । नेपालका लागि रुसी राजदूत अलेक्सेइ नोभिकोभले यस्तो बताएका हुन् ।

हिजो बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै राजदूत नोभिकोभले नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जानकारी गराएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदूत नोभिकोभलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीको प्रस्तावको जवाफमा राजदूत नेभिकोभसहितका प्रतिनिधिले त्यसतर्फ आफूहरु र आफ्नो राष्ट्र सकारात्मक रहेको जवाफ दिएका छन् । प्रधानमन्त्री-राजदूत भेटमा दुई देशबीचको सम्बन्ध तथा विविध विषयमा छलफल भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस