कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दिकीको निधन

नेपालगञ्ज । कोरोना भाइरस संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति उनको निधन भएको हो । भेरी अस्पतालको कोभिड वार्डमा दुई सातादेखि उनको उपचार चलिरहेको थियो । उनको श्वासप्रश्वासमा समस्या थियो ।

सिद्धिकी पहिलो संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद निर्वाचित भएकी थिइन् । उनी मुस्लिम महिला अधिकारकर्मीका रूपमा पनि परिचित थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री