भारतमा नयाँ रेकर्ड: एकैदिन ३ लाख ४५ हजारमा संक्रमण, २६ सयको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमित र मृतकको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा तेस्रो दिन पनि ३ लाखभन्दा बढी संक्रमण पुष्टि भएको हो ।

कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४५ हजार १ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । त्यहाँ संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६ सय २१ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५ सय ४९ पुगेको छ । भारतमा १ करोड ३८ लाख ६२ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री