काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने प्रविधिको सफल प्रयोग गरेको जनाएको छ।
मोक्सी नामको यन्त्रबाट एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने पाँच ग्राम अक्सिजन बनाउन यसै साता सफलता हासिल भएको हो।
नासाले सो प्रयोग भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानव सहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको छ। मोक्सी यन्त्र पर्सिभिअरन्स यानमा रहेको छ।
वीवीसी न्यूजबाट
तपाईंको प्रतिकृया




