देशका धेरै स्थानमा मेघगर्जनसहित बिहानैदेखि वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित बिहीबार बिहानैदेखि देशका धेरैजसो स्थानमा मेघगर्जनसहित बर्षा भइरहेको छ ।

वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश–३ हुँदै प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । प्रदेश–२ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश–१ तिर सर्ने क्रममा छ ।

‘काठमाडौंमा अब ४०-४५ मिनेटपछि पानी पर्न रोकिने सम्भावना देखिएको छ,’ वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, ‘त्यसपछि वर्षा प्रदेश–१ तिर सर्न सक्छ ।’ तर आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना छैन ।

वरिष्ठ मौसमविद् मानन्धरका अनुसार प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि रहन्छ । केही दिनयता ठूलो वर्षा नभए पनि पानी परिरहेकाले वायु प्रदूषणको मात्रा केही कम भएको उनको अनुमान छ । ‘तर रातिबाट फेरि मौसम सुधार (वर्षा रोकिने) हुने देखिएको छ,’ उनले भनिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस