चितवनमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं ।  पूर्वी चितवनको राप्ती नगरपालिकामा जिपको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती नगरपालिका-३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको प्रहरीले जनाएको छ ।

लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नम्बरको बोलेरो जिपले राप्ती नगरपालिका-३ झुरझुरेमा पैदलयात्री ओलीलाई मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप