३०० स्थानका सडकमा मेलम्चीको पानी चुहावट !

काठमाडौं । पुरानो प्रणालीबाट पानी वितरण गर्दा महिनामा ३०० स्थानसम्ममा चुहावट हुनसक्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयले गठन गरेको कार्यदलले यस्तो प्रतिवेदन तयार पारेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

सडक विभागका महानिर्देशकको संयोजकत्वमा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सडक डिभिजन प्रमुख, केयुकेएल शाखा कार्यालयका प्रमुख रहेको समितिले प्राविधिक अध्ययन गरी यस्तो प्रतिवेदन तयार पारेको हो । चुहावट भएका स्थानमा तत्काल सडक निर्माणका लागि सरकारसँग बजेट माग गर्ने उनले बताए । यसको समन्वय खानेपानी मन्त्रालयले गरेको जनाइएको छ ।

छिटोभन्दा छिटो नयाँ वितरण प्रणालीबाट पानी वितरण गर्न सडक डिभिजन कार्यालय काठमाडौंले माग गरेको छ । पुरानो वितरण प्रणालीबाट गरेसम्म उपत्यकाका सडकमा पानी चुहावटका कारण खाल्डाखुल्डी हुने डिभिजन प्रमुख नेपालीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेठ ७ गते चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका …

प्रतिकृया दिनुहॊस

This will auto close after