सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको त्रियुगामा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको लालपत्तामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले १ सय ९ औँ शाखारहित बैंकिङ सेवा अन्तरगत उक्त स्थानमा सेवा प्रारम्भ गरेको हो ।बैंकले उक्त स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराइनेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री