यी भू-भागका चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडाैँ । हाल देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका थेरै स्थानहरुमा मेघगर्जन र चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप