वैद्य माओवादीले दुई महिने अभियान चलाउने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सो पार्टीको चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले सङ्गठन र सङ्घर्षसम्बन्धी कामबारे वैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय लिइएको महासचिव वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरूद्वारा सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक पहल गर्ने,सबै प्रदेशहरूमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, एमसीसीको विरोध गर्नेलगायतका निर्णय पनि गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्व वैंकको ८० मिलियन डलर ऋण स्वीकार्नेसहित यी हुन् मन्त्रिपरिषदका २१ निर्णय

काठमाडौं । सरकारले विश्व बैंकको ८० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्नेलगायतका विभिन्न २१ निर्णय …

प्रतिकृया दिनुहॊस