आइपिएल क्रिकेट: पन्जाबसँग राजस्थान पराजित

काठमाडाैँ । इण्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । गएरातिको खेलमा सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकाल्दै पन्जाबले सुखद सुरुआत गरेको हो ।

मुम्बईमा भएको खेलमा पन्जाबले हैदराबादलाई ४ रनले पराजित गर्यो । हैदराबादका कप्तान सञ्जु सामसनले शतकीय पारी खेलेपनि टोलीलाई हारबाट बचाउँन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा २२१ रन बनायो । उसका लागि कप्तान लोकेस राहुल र दीपक हुडाले अर्धशतकीय पारी खेले ।

राहुलले ९१ तथा हुडाले ६४ रन बनाए । यस्तै, क्रिस गेलले ४० रन बनाउँदा मायंक अग्रवालले १४ रन थपे । राजस्थानका चेतन साकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट हात पारे ।

२२२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले निधारित ओभरमा ७ विकेट गुमाउँदै २१७ रनमात्रै बनाउन सक्यो । उसका कप्तान सामसनले ११९ रनको पारी खेलेपनि हार टार्न सकेनन् ।

कप्तानको रुपमा आइपिएलको डेब्यू खेलमा शतक बनाउने पहिलो खेलाडी बनेका सामसनलाई साथ दिँदै जोस बटलरले २५ तथा शिवम् दुबेले २३ रन बनाए । पञ्जाबका आश्रदीप सिंहले ३ तथा मोहम्मद सामीले २ विकेट हात पारे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस