काठमाडाैँ । अहिले देशको मौसममा स्थानीय वायुको साथै पश्चिमी न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका धेरै स्थानहरूमा तुवाँलो रहेको छ ।
महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका धेरै स्थानहरूमा तुवाँलो रहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुवाँलोको असर रहने छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
आज दिनभर देशको पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै देशका केही भू-भागमा तुवाँलोको असर रहने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै, भोलि अर्थात नयाँ वर्षको दिन २०७८ वैशाख १ गते बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुवाँलोको असर रहने छ ।
वैशाख २ गते बिहीबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुवाँलोको असर रहने छ ।



