गोंगबुको गेस्ट हाउसमा शव फेला

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क गोंगबुको एक गेस्ट हाउसमा एकजना युवकको शव फेला परेको छ ।

गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको प्रहरीले जनाएको छ ।

मृत्युको  कारण पोष्टमार्टमपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री