पत्रकार महासंघको निर्वाचन: निर्मला शर्माभन्दा विपुल पोखरेल २ हजार मतले अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनको मत गणना अझै जारी छ । यस क्रममा ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मत परिणाम सार्वजनिक भइसकेको छ ।

जसअनसार गठबन्धनबाट केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेल प्रेस चौतारीकी प्रतिष्पर्धी निर्मला शर्माभन्दा झण्डै दुई हजार मतले अघि छन् । पोखरेलले ४ हजार ४४६ मत ल्याउँदा शर्माले दुई हजार ५३० मत ल्याएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षका उम्मेदवार रमेश विष्टले ४ हजार २७३ मत पाउँदा माधव नेपालले २ हजार ४३० मत ल्याएका छन् । महिला उपाध्यक्षका उम्मेद्वार बाला अधिकारीले ४ हजार ६१५ मत प्राप्त गर्दा दाना केसीले २ हजार २३८ मत ल्याएकी छन् । समावेशीतर्फ पनि पोखरेल प्यानलकै उम्मेदवार अगाडि छन् । उदय जीएमले ३ हजार ८९१ मत र अवधेश झाले २ हजार ३६७ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ ।

महासचिवका उम्मेदवार रोशन पुरीले ३ हजार ९८० मत पाउँदा प्रतिष्पर्धी बालकृष्ण बस्नेतले २ हजार ४०९ मत ल्याएका छन् । खुला सचिवतर्फ गोविन्दप्रसाद चौलागाईले ३ हजार ९१५ प्राप्त गर्दा रामकृष्ण ज्ञवालीले १ हजार ९३४ मत ल्याएका छन् ।
महिला सचिवतर्फ पनि अहिलेसम्म पोख्रेल प्यानलकै सिर्जना अर्यालको अग्रता छ । उनले ४ हजार १५३ मत पाउँदा प्रतिष्पर्धी निमा काफ्लेको २ हजार ६०७ मत छ ।

यसैगरी आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बुले अहिलेसम्म ४ हजार १० मत पाएका छन् भने प्रतिष्पर्धी शाहीमान राईले २ हजार १७० मत ल्याएका छन् । सचिव मधेसीतर्फ दीपेन्द्र चौहानले ३ हजार ६८९ र स्वेता सिन्हाले २ हजार ८०७, दलित सचिवतर्फ हेमकर्ण विकले ३ हजार ९३३ र मधु शाहीले २ हजार ८५९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
एशोसिएटतर्फ सचिवमा गठबन्धनका पवन आचार्यले ३ हजार ७०८ मत पाउँदा चौतारीका रामेश्वर कार्कीले १ हजार ८२० मत पाएका छन् । कोषाध्यक्ष उम्मेदवार कलेन्द्र सेजुवालले ३ हजार ७५८ मतसहित अग्रता लिएका छन् भने प्रतिस्पर्धी कृष्ण गिरीले २ हजार ३८ मत पाएका छन् ।

लेखा समिति संयोजकमा गठबन्धनका लेखनाथ न्यौपानेले ३ हजार ६२३ मत पाएका छन् भने द्वारिकाप्रसाद काफ्लेको २ हजार ५८ मत ल्याएका छन् । सदस्यमा पनि प्रेस युनियन र प्रेस संगठनकै उम्मेदवार अगाडि छन् ।

यसपालि पत्रकार महासंघको निर्वाचन पहिलोपल्ट प्रत्यक्ष प्रणालीबाट भएको हो । जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दल निकट पत्रकार संगठनको गठबन्धनबाट विपुल पाखरेल, एमालेकै सत्ता पक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीबाट निर्मला शर्मा र स्वतन्त्रबाट गजेन्द्र बुढाथोकी अध्यक्ष पदमा उठेका हुन् ।

अहिलेसम्मको मतपरिणाम हेर्न यहाँ क्लिक गर्नुहोस् : मतपरिणाम

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमालेले भन्यो- कांग्रेसले लिखित माफी माग्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो अध्यक्षविरुद्ध निरन्तर प्रतिशोध साँधेको भन्दै सत्तारूढ दल नेकपा …

प्रतिकृया दिनुहॊस