एसइइको नतिजा असार पहिलो साता

काठमाडौं । २०७४ साल चैत्रमा संचालित माध्यमिक शिक्षा परीक्षा (एसइइ कक्षा १०) को नतिजा यहि असार पहिलो साता सम्ममा प्रकाशित हुने भएको छ । तेस्रो पटक अक्षराङ्कन पद्दतिमा आधारित रहेर प्रकाशित हुन लागेको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि गराउन चाहाने परीक्षार्थीको लागि ग्रेडवृद्धि परीक्षाको समेत व्यवस्था छ ।नतिजा प्रकाशन भैसकेपछि ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।

मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ भने

ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री