काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ‘नयाँ रहर, नयाँ अफर’ योजना सार्वजनिक गरेको छ ।
अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकले यस्तो योजना सार्वजनिक गरेको हो ।
बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट मिल्ने बैंकले जनाएको छ ।
यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा अधिकतम् १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% वा अधिकतम् १ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ ।
तपाईंको प्रतिकृया




