मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द हुदै

काठमाडौँ ।नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।
केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार Bull Wheel Bearing नयाँ फेर्नुका साथै Bull Wheel र अन्य मर्मत संभारको लागि  Doppelmayr, Austria  बाट आँउनु हुने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो ।

उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ ।

मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप