सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र

काठमाडाैँ । आइतबार नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक डाकेको छ । बैठक आइतबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

केपी ओली सरकारको कडा विरोधमा उत्रिएको माओवादी केन्द्र प्रविधिक रुपमा अहिले पनि ओली सरकारको समर्थनमै छ । आजको यस बैठकले अ‍ोलीलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको माओवादीका नेताहरुले बताएका छन् ।

त्यससँगै नयाँ सत्ता समीकरणका विषयमा पनि आजको बैठकमा छलफल गर्ने तयारी माओवादीको छ ।  नेपाली कांग्रसेका सभापति शेरबहालुर देउवाले पनि सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने संकेत गरेका छन् । कांग्रेसका देउवा इतरका नेताहरुले पनि देउवाको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार रहेको अभिव्यक्ति दिइरहेका छन् ।

माओवादीभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिन तीब्र दवाव छ । यसैबीच शनिबार एक कार्यक्रमका बोल्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिएर देखाउन भन्दै चुनौती दिएका छन् । यसले पनि आजको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावना धेरै रहेको माओवादीका नेताहरुले बताएका छन् ।

१९ चैतमा पेरिस डाँडामै बसेको अनौपचारिक भनिएको बैठकले ओली सरकारमा जानलाई कांग्रेस र जसपालाई आफूहरुले नरोकेको स्पष्ट पारेको थियो । एकऔदुई दिनमै औपचारिक बैठक राखेर बाँकी निर्णय लिने र समर्थन फिर्ताबारे छलफल भइरहेको माओवादी केन्द्रले बताएको थियो ।  यी परिस्थितिलाई हेर्दा आजको बैठकबाट माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने सम्भावना धेरै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री