उकालो लाग्दै सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ९ सयले बढेर ८७ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ८६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ९५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री