गरिमा विकास बैंकले शुरु गर्यो ‘रहनुहोस् होसियार’ अभियान

काठमाडौं । गरिमा विकास बैंकले ‘रहनुहोस् होसियार’ नामक अभियान शुरु गरेको छ ।

राष्ट्रिय स्तरको बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट फ्रड-फिसिङ्गबारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिने लामो अभियान शुरु गरेको हो ।

यस अभियान अन्तर्गत हरेक दिन यस बैंकले इन्टरनेट फ्रड÷फिसिङ सम्बन्धित विभिन्न चेतनामूलक साम्रगीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ ।

चिट्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाइल बैकिङमार्फत् हुने ठगीे र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियोमार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ ।

यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आईटी विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस