काठमाडाैँ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।
आज दिनभर देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित फाटफुट÷हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
भोलि चैत १५ गते आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत १६ गते सोमबार दिनभर देशको पहाडी भू-भागहरुमा अपरान्हतिर आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा अपरान्हतिर हावाहुरीको सम्भावना रहेको देखिन्छ ।




