म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु

एजेन्सी।  म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ ।  म्यान्मारको मन्डालेत आफ्नै घरमा ती बालिकालाई गोली लागेको उनको परिवारले जनाएको छ । सुरक्षाकर्मीको गोली लागेर मारिने उनी सबैभन्दा कम उमेरकी हुन् ।

माघ १९ गते सेनाले ‘कू’ गरेपछि दैनिक सैन्य सरकारविरुद्ध आन्दोलन भइरहेको छ। सेनाले भने बालिकाको मृत्यु भएको बारेमा केही सार्वजनिक गरेको छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री