काठमाडाैँ । आज विश्व क्षयरोग दिवस हाे । सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । कीटाणु पत्ता लगाएको एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस मनाउन सुरु गरिएको थियो ।
क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भएपनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक जटिल समस्या हो ।
क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछियु गर्दा, थुक्दा यसका जीवाणुहरु निस्कन्छन् र हावाको माध्यमबाट अरु निरोगी व्यक्तिहरुमा समेत सर्ने गर्दछन् । क्षयरोगका जिवाणुले शरीरको फोक्सोमा बढि असर गर्दछ तर जिवाणुले शरिरका अन्य अंगमा पनि असर गर्न सक्दछ ।
यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुका साथै तौल पनि कम हँुदै जाने लक्षण देखा पर्दछन् । समयमै रोगको पहिचान हुन सकेमा औषधी सेवनबाट यो रोग निको चिकित्सकहरुको भनाइ छ ।
नेपालमा बर्सेनि ४५ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरे पनि वार्षिक १३ हजार बिरामीहरु उपचारको दायरामा नआउने गरेको अनुमान छ।
जसले गर्दा नयाँरपुराना गरी अझै २८ हजार बिरामी उपचारको दायरा बाहिर रहेको रहेका छन् । नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशतभन्दा बढि फोक्सोको र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मिगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्दछन् ।
प्रतिकृया दिनुहॊस