वल्र्डलिंकले ल्यायो वल्र्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी पाइने

काठमाडौं ।विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्र्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ ।

यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२ महिनासम्म निशुल्क नेटटिभी पाउनसक्नेछन् । नेटटिभीबाट ग्राहकहरुले फूल हचडी च्यानलबाट वल्र्डकप खेल हेरेर आनन्द लिन सक्ने छन् ।

वल्र्डलिंकको झक्कास् प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबिपिएसको द्रुत गतिको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १३५ भन्दा बढी एसडी च्यानल भएको नेटटिभि निशुल्क पाउन सकिन्छ ।

एकबर्षको प्याकेज खरिद गर्दा रु.५०० डिपोजिटको साथमा सेट टप बक्सको भाडा स्वरुप २५०० रुपैयाँ भुक्तानी गर्नुपर्छ । त्यस्तै ६ महिनाको प्याकेज खरिद गर्दा ५०० रुपैयाँ डिपोजिट र सेट टप बक्सको १००० रुपैयाँ भुक्तानी गर्नु पर्छ ।

पहिल्यै वल्र्डलिंकको ग्राहक भएकाहरुलाई समेत नेटटिभिको अबसरको रुपमा रहेको छ । यस्तै नेटटिभी बाहेकका प्याकेजहरु खरिद गर्न एक महिनाको ३५० रुपैयाँ, ६ महिनाको १००० रुपैयाँ र एक बर्षको ३४०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

वल्र्डलिंक नेपालमा दु्रत गतिको इन्टरनेट, आइपि टिभी (नेटटिभी) र डाटा सेवा प्रदायक संस्था हो । यसले मुलुकका ६५ भन्दा बढी जिल्लामा २ लाखभन्दा बढी सन्तुष्ट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस