काेहलपुरमा महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले शुक्रबार कोहलपुरमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेकाे छ ।

कम्पनीले सातै प्रदेशमा उक्त तालिम संचालन गर्न क्रममा कोहलपुरमा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र साविक राप्ति अञ्चल अन्तर्गतका २२ जना प्रमुखलाई तालिम प्रदान गरेकाे हाे ।

अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ ।

यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो ।

कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पत्ति शुद्धिकरण सम्बन्धी उक्त तालिम प्रदान गरेकी हुन्।

दुई दिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र ०५गते कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत  कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस