नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबीच सम्झौता

काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंबीच औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता गरेको छ ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं जिल्ला शाखाको आयोजनामा, काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिती रहेको थियो ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, “नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तिय पहुचमा बृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको छ ।

हामीे औषधि व्यवसायीहरु र बैंकको दिगो विकाशलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक हौं । हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तिय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु¥याउनेछ ।

साथै, नबिल बैंकले आपतकालिन सेवाहरुमा संलग्न औषधि व्यवसायीहरुस“ग आबद्घ हुन पाएकोमा गौरवान्दित महसुस गर्दछ ।”

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस