काठमाडाैँ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्य रहेको छ ।
अहिले देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहने छ । प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज दिनभर देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




