काठमाडाैँ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज दिनभर देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
तपाईंको प्रतिकृया




