काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अशोक कोइरालाको निधन भएको छ । मोरङका पूराना नेता कोइरालाको विराटनरको न्यूरो अस्पतालमा बुधबार राति निधन भएको हो ।
निमोनियाबाट पीडित ७७ वर्षीय कोइरालाको उपचारकै क्रममा निधन भएकोे हो । कोइराला मोरङ कांग्रेसको १९ वर्ष सभापति भएका थिए । उनी प्रजातन्त्र पुनः स्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर थिए । उनी राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि भएका थिए ।
उनी अहिले कांग्रेस महासमिति सदस्य थिए । पूर्व प्रधानमन्त्री तथा सभापति स्व. सुशील कोइरालाका सहोदर भाइ अशोक नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक थिए ।
शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा कोइराला उपाध्यक्ष भएको कांग्रेस नेता डा. शेखर कोइरालाले जानकारी दिएका छन् । उनका एक छोरा र एक छोरी छन् । उनको आजै मोरङको सिंघिया घाटमा अन्त्येष्टी गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहॊस