काँग्रेसबाट देउवालाई प्रधानमन्त्री बन्न ‘ग्रिन सिग्नल’ !

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवालाई अगाडी सारेको छ । शुक्रबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले नयाँ सरकार गठन गर्न देउवालाई अगाडी सार्ने निर्णय गरेसँगै अब देउवाले सरकार बनाउन अग्रसरता लिने भएका छन् ।

यसअघि काँग्रेस भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले सरकारमा जान हतार गर्न नहुने बताए पनि शुक्रबार देउवालाई सरकारको नेतृत्व गर्ने बाटो खोलिदिएका हुन् । पौडेल र सिटौलाको ग्रीन सिग्नलपछि देउवालाई अब सरकार गठनमा अग्रसरता देखाउन सहज भएको छ ।

शुक्रबारनै बसेको पौडेल पक्षको बैठकले देउवालाई प्रधानमन्त्री बन्न समर्थन गर्ने निर्णय गरेको थियो । यस अघि पौडेल र सिटौला पक्षले विरोध गरेकाले देउवाले विभिन्न कार्यक्रममा आफु प्रधानमन्त्री नबन्ने स्पष्टीकरण दिदै आएका थिए ।

तर शुक्रबार एक मतले काँग्रेसले देउवालाई सरकारको नेतृत्व गर्न सहमति दिएपछि उनले पहल शुरु गरेका छन् । शुक्रबार पदाधिकारी बैठक पछि देउवाले जसपासँग वार्ता समेत गरेका छन् । जसपासँगको छलफल ठोस निष्कर्षमा नपुगे पनि अब अर्को छलफल माओवादी केन्द्रसहि गर्ने सहमति भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस