विराटनगरका अटोमा अनलाइनबाट भुक्तानी

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा अटो रिक्साका यात्रुले अब अनलाइनबाट नै भुक्तानी गर्न सक्ने भएका छन् । नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।

एनसीसी बैंकले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्युआर कोड हस्तान्तरण गरेका छन् । के एन अटो यातायात प्रालिमा आवद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने छ ।

नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रहसमेत गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री