सर्वोच्चले ब्यूँताइदिएपछि पहिलो पटक एमालेको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक चैत १ गते बस्ने एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

सर्वाेच्चको फैसलासँगै साविकको एमाले ब्युतिएपछि पहिलो पटक बैठक बस्न लागेको हो । यसअघि समूहगत भेला भएका थिए । वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनु पर्ने निष्कर्ष निकालेको थियो । एमाले केन्द्रीय कमिटीमा हाल २०३ सदस्य कायम छन् ।

एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच संवादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ । नेपाल–खनाल पक्षले पार्टी विधि विधान अनुसार चल्नु पर्ने बताइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री