- सन्तोष खड्का
सौल/दक्षिण कोरिया । प्रदेश नम्बर ३ (बागमती प्रदेश)एकता समाज दक्षिण कोरियाको अध्यक्षमा रवि प्रताप घिसिङ निर्वाचित भएका छन् । आइतबार भर्चुअल माध्यमबाट अधिवेशनको औपचारिक कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो ।
रामेछाप सम्पर्क समितिका निवर्तमान अध्यक्षसमेत रहेका घिसिङ कोरियामा सक्रिय सामाजिक अभियान्ता हुन् । रामेछाप सम्पर्क समितिको नेतृत्वमा रहँदा कुशल कार्य सम्पादन गरेका उनलाई प्रदेश नम्बर ३ (बागमती प्रदेश) एकता समाज दक्षिण कोरियाको गरिमालाई उच्च बनाउन सकिने व्यक्तिको रूपमा लिएको छ ।
जुममार्फत भएको उक्त कार्यक्रममा मुख्य मन्त्रीले समाजको आफ्नै वेवसाइट https://p3uskorea.org समेत उद्घाटन गरेका थिए । प्रदेश सरकार प्रवासी युवाहरुको हितमा सहयोग गर्न सदैव तत्पर रहेको र सामुहिक लगानी र परियोजनाहरुको बारेमा सहकार्य गर्न सकिने मुख्य मन्त्री पौडेलले बताए ।
अध्यक्ष किशोर ब्लोन नियोगको सभापतित्वमा भएको उक्त औपचारिक कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका सबै क्षेत्रीय संस्थाहरुको प्रतिनिधिको सहभागीता रहेका थिए । अधिवेशनको बन्दसत्र मार्फत समाजको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्ष घिसिङसहित वरिष्ठ उपाध्यक्षमा सुरज दर्लामी, उपाध्यक्षमा जयराम ढुंगाना, अङ्कित कर्की र मनोज कुमार सुवेदी निर्वाचित भएका छन् । साथै महासचिवमा गोकुल प्रसाद ढंगोल, सचिवमा रहर लामा र उत्तम खनाल, कोषाध्यक्षमा सुरेश थिङ, सह(कोषाध्यक्षमा सागर लामा रहेका छन् । त्यसैगरि सदस्य तथा जिल्ला संयोजकमा नुवाकोट समाजको तर्फबाट रमेश श्रेष्ठ रहेका छ्न । अन्य सदस्य तथा जिल्ला संयोजक पछि क्षेत्रीय संस्थाहरुले पठाए बमोजिम हुने जनाएको छ ।
नव निर्वाचित अध्यक्ष घिसिङले संगठनलाई सामुहिक रुपमा सबैको सहकार्यमा मात्र सफलता पाउने भन्दै सबैको साथ र सहयोगमा संस्था र प्रदेश नम्बर ३ को सफलताको लागि उचित कार्यहरू गर्ने बताए ।




