काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आइतबार प्रतितोला ८६ हजार १ रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँले बढेर तोलाको ८६ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले बढेर १ हजार २६५ रुपैयामा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




