इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश

काठमाडौँ ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ ।

यो बैंकले ०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो । सो अवसरमा बैंकले नेपाल स्नेही काखलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल स्नेही काखलाई उक्त सहयोग गरेको हो । उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका नेहा पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

बैंकले प्रदान गरेको यो रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री