महालक्ष्मी विकास बैँकको लाभांश घोषणा

काठमाडौं । यस महालक्ष्मी विकास बैंककोे आर्थिक वर्ष २०७६/७७ को वासलात नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई सञ्चालक समितिको  फाल्गुन २० गते बसेको ४७८ औ बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८०% का दरले बोनस सेयर तथा ०.४६% नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बैंकको साधारण सभा २०७७ चैत्र १३ गते भर्चुवल माध्यमबाट गर्नको लागि सुचना समेत प्रकाशित भईसकेको छ । साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई बोनस सेयर वितरण गरिने छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको, तथा ३४ वटा एटिएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकको ५ लाख भन्दा बढी ग्राहक संख्या रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री