फाइल फाेटाे

नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिनुपर्छ: गगन थापा

महोत्तरी । नेपाली कांग्रेसका नेता गगन थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन्।

महोत्तरीको बर्दिवासमा बिहीबार कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताए।

नेकपाभित्रको किचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले बताए।

सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेको र सत्ताको लुछाचुडीमा लागेर संसद् विघटनसम्म गरेको प्रसङ्ग राख्दै सर्वोच्चको फैसलाले बल्ल संविधान सही बाटोमा आएको उल्लेख गरिन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिवले शिष्टाचार भेट

अजरवैजान । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९) मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र …

प्रतिकृया दिनुहॊस