फाइल फाेटाे

प्रधानमन्त्रीलाई बिदा गराैं : गगन थापा

सर्लाही । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्न काँग्रेस लाग्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले अायाेजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले यस्ताे धारणा राखेका हुन् । उनले यो बेलामा काँग्रेस सरकारमा जाने हतारो गर्नुभन्दा पनि संविधान रक्षाकै निमित्त उभिन जरुरी रहेको वताए ।

फरक सन्दर्भमा बोल्दै उनले यदि साँच्चिकै देश विकास गर्ने हो भने देशको प्रधानमन्त्री बन्नुभन्दा अघि पाँच वर्षको लागि जनताले देश चलाउन कुनैपनि पार्टीलाई म्यान्डेट दिए हुने र देश विकास गर्न प्रधानमन्त्री बनेको दिनदेखि बाहिरिने दिनसम्मको तालिका बनाएर लागे मात्र देश विकाश हुने प्रष्ट पारे ।

जिम्मेवारी लिने व्यक्तिले कुनैपनि निर्णय लिनु अगाडि गम्भीर भएर सोच्न आवश्यक रहेको उनले वताए । यसरी तालिका विहीन रूपमा काम गर्दा दुर्घटनामा पर्ने उनको दाबी छ । यसरी गन्तव्यविहीन यात्रा गर्दा बाटैमा अलमलिने अवस्था आएको थापाको धारणा थियाे ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

फेरि पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

प्रतिकृया दिनुहॊस