फाइल फोटो

बर्दियामा बाघले फेरि मान्छे खायो, ज्यान गुमाउनेको संख्या ७ पुग्यो

काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण गर्दा मृत्यु भएको हो ।

गेरुवा गाउँपालिका–६ बाझपुरस्थित गेरुवा कर्णाली नदीको टापुमा भैँसी चराउन गएका गएका बेला सोमबार दिउँसो बेपत्ता भएका थारुको शव घटना स्थल आसपासमै भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । बाघ आक्रमणको क्रम नरोकिएपछि बर्दियामा त्रास बढेको छ ।

यसै वर्ष मात्रै बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा सात जनाको ज्यान गइसकेको छ । केही महिनाअघि मोटरसाइकल पछाडि बसेर कैलाली जाँदै गरेकी एक महिलालाई बाघले आक्रमण गरेर मारेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लम्बोदर न्यौपानेलाई २५ करोड ६९ लाख जरिवाना, तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका पूर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई …

प्रतिकृया दिनुहॊस