सर्वाेच्चको फैसला स्वीकार्छौ : उपप्रधानमन्त्री पोखरेल

चितवन । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले दिने फैसला आफूहरूलाई स्वीकार हुने बताएका छन् ।

ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए पनि आफूहरूको राजनीति नसकिने बताएको भोलिपल्ट सचिवालय सदस्य पोखरेलले सर्वाेच्च अदालतले जे फैसला गरे पनि आफ्नो पार्टीलाई मान्य हुने धारणा सार्वजनिक गरेका हुन् ।

ओली समूह निकट प्रेस संगठनको चितवन जिल्ला समितिले आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन ।’

यस्तै उनले चुनावमा जाने कुरालाई पनि अलोकतान्त्रिक र प्रतिगमन भन्न नमिल्ने जिकिर पनि गरेका छन् । नेता पोखरेलले प्रचण्ड–नेपाल पक्षको अकर्मण्यताका कारण नेकपा फुटेको आरोप पनि लगाए । उनले भने, ‘नेपाली जनतालाई, कम्युनिस्ट आन्दोलनका कार्यकर्तालाई दुःखी बनाउने, पीडा दिने घटना घटेको छ, हामी सबै दुःखी छौं ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस