जीपसँग ठोक्किँदा अटो चालकको मृत्यु, पाँच जना घाइते

दाङ । दाङको तुलसीपुरमा जीप र अटोरिक्सा ठोक्किँदा अटो चालकको ज्यान गएको छ । अटोमा सवार पाँच जना घाइते भएका छन् ।

तुलसीपुरबाट शान्तिनगरतर्फ जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जिप सोमबार अपराह्न तुलसीपुर उपमहानगरपालिका ८ दुधेनामा ठोक्किएका हुन् । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–१ पेदीखोलाका ३० वर्षीय रमेश विक छन् ।

गम्भीर घाइते विकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा राति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । गम्भीर घाइते भएका तीन यात्रुको कोहलपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

अन्य दुई घाइतेको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जिप चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुुसन्धान भइरहेको डीएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस