राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । आन्तरिक रक्तश्राव भएपछि घिमिरे केही दिनदेखि अस्पतालमा उपचाररत छन् ।  ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत घिमिरेलाई सोमबार  प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्दै सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने बताएका छन् ।

प्रधानमन्त्रीले आवश्यक परे सरकारले विदेशमा लगेर समेत उनको उपचार गराउने प्रतिबद्वता जनाएका छन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उनको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको जानकारी दिए ।

आन्तरिक रक्तस्राव भएपछि घिमिरेलाई अहिले हाई केयर युनिटमा राखेर उपचार गरिएको छ । ९९ वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएपछि विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आएको थियो ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस