तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०७७ को मस्यौदा तयार पारेको छ । आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको हो ।

मस्यौदामा दलको विधानबमोजिम आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने, खाता सञ्चालन तथा निर्वाचन खर्चको कारोबार पारदर्शी हुनुपर्ने प्रस्ताव गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । यस्तै उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई असर पर्ने गरी आलोचना गर्न नपाइले उल्लेख छ ।

आचारसंहिताको मस्यौदामा निर्वाचन अधिकृत, अनुगमन टोली, मतदाता अधिकृतले आचारसंहिता पालना गर्नुपर्ने उल्लेख छ । राजनीतिक दलहरुसँगको परामर्शपछि निर्वाचन आचारसंहिता सकभर यो महिनाको दोस्रो साताबाट लागू गर्ने आयोगको तयारी छ ।

आज दलसँग छलफल
आयोगले निर्वाचन आचारसंहिताको विषयमा आज राजनीतिक दलसँग छलफल गर्दैछ । आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले दलका प्रतिनिधिहरुसँग परामर्श गर्दै सुझाव लिन लागेको हो ।

त्यसको लागि बिहान ११ बजे संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि निर्वाचन आयोगमा बोलाइएको प्रवक्ता श्रेष्ठले बताए ।  दलको सुझावपछि आचारसंहिताबारे थप निर्णय गर्ने उनको भनाई छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गुल्मीस्थित नेपाल टेलिकमको टावरमा आगलागी

काठमाडौँ । सामुदायिक वनबाट सल्किएको आगोका कारण गुल्मीमा रहेको नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ …

प्रतिकृया दिनुहॊस